![गच्छदार बने कार्यवाहक प्रधानमन्त्री, निर्वाचन आयोगले गर्यो चार आग्रह](https://pahilopost.com/assets/upload/contentthumb/collage-2017-06-03_(1)4.png)
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भ्रमणका लागि भारत गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पाएका छन्।
कार्यवाहक प्रम गच्छदार आज निर्वाचन आयोग गएका थिए। आयोगले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न आग्रह गरेपछि उनी आयोगमा आउनु गएका थिए।
भेटका क्रममा प्रमुख आयुक्त तथा आयुक्त सहितको आयोगको टोलीले यी आग्रह गरेका थिए
- ०७४ साल असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचनका लागि सो प्रदेशमा रहेका जिल्लाका कतिपय स्थानमा हालै गएको बाढी र डुवानका कारण मतदान केन्द्र, मतदान केन्द्रसम्म जाने आउने सडक तथा पुलहरू क्षति भई सडक समेत अवरुद्ध रहेकाले यथाशीघ्र सवारी सञ्चालनमा आउने गरी निर्माणको व्यवस्था गर्न ।
- सडक यातायात सुचारू नहुने हो भने मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न, मतदान केन्द्रमा जान आउन तथा निर्वाचन सामग्री ढुवानी गर्न कठिनाई हुने र मतदातालाई मतदान केन्द्रमा पुग्न पनि समस्या हुने भएकाले तुरुन्तै सडक तथा पुल मर्मत गर्नुपर्ने।
- नेपाली सेनाको सहयोग लिएर भए पनि भत्किएका सडक, पुल बनाउनु पर्ने
- २०७४ साल मंसिर १० गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो भन्दा छिटो आयोगले पाउनु पर्ने।
साथै, उनले दुबै निर्वाचनका लागि आवश्यक पर्ने ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई अविलम्व उपलब्ध गराउन सरकारले प्रयास थालिसकेको जानकारी आयोगलाई गराए।