PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गुगलले गुमायो महाभुकम्पमा वरिष्ठ कर्मचारी



गुगलले गुमायो महाभुकम्पमा वरिष्ठ कर्मचारी
अभिनेत्री सोफिया बोससँग सन् २०१३ मा भएको डु समथिङ अवार्ड वितरण कार्यक्रममा फ्रेडिन्बर्ग।

काठमाडौं : उनको ट्विटर अकाउन्ट उनका बारेमा भन्छ- साहसिक, आविस्कारक र उर्जावान इन्जिनियर। हुन पनि पछिल्लो समय उनको टिमले प्रविधि क्षेत्रमा एउटा तरंग नै ल्याएको थियो।

गुगल एक्स टिमका प्राइभेसी डाइरेक्टर समेत रहेका गुगलका कार्यकारी डान फ्रेडिन्बर्ग अब रहेनन्। नेपालमा गत शनिबार गएको विनाशकारी महाभूकम्पपछि सगरमाथा क्षेत्रमा आएको हिमपहिरोको उनी शिकार बने।   

इन्टरनेट जाइन्ट गुगलको गुगल एक्स टिमका प्राइभेसी डाइरेक्टर उनी गुगलले पछिल्लो पटक थालेका चालकविहिन कार तथा गुगल ग्लास जस्ता महत्वकांक्षी परियोजनामा मुख्य खम्बा थिए।  

बेलाबेलामा हिमाल आरोहणमा गैरहने यी अनुभवी पर्वतारोही गत साता आफ्ना दुई सहकर्मीसहित सगरमाथा उक्लिरहेको सिएनएनले जनाएको छ। गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दू बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सगरमाथा क्षेत्रमा हिमपहिरो आयो र फ्रेडिन्बर्गको मृत्यु भयो।

उद्यपी उनका साथीहरु र आरोहण टिममा रहेका सहयोगीहरु भने बाँच्न सफल भए। फ्रेडिन्बर्गको टाउकोमा गहिरो चोट लागेको थियो।

डानकी बहिनी मेगानले दाजुको निधनबारेको सूचना इन्सटाग्राममा पोस्ट गरेकी छन्। ‘उहाँ हाम्रा लागि सबैथोक हुनुहुन्थ्यो र हुनुहुन्छ’, उनले लेखकी छन्।
 

उनले गुगल स्ट्रिट भ्यु टुलका लागि लोकेसन म्याप गर्न गुगल एडभेन्चर टिम निर्माण गरेका थिए। यही टिमले सगरमाथाको चुचुराको ३६० डिग्री तस्बिर खिचेको थियो।  

यसैबीच तेलगु अभिनेता तथा कोरियोग्राफर विजयको भुकम्पमा मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार नेपालमा चलचित्र सुटिङका लागि आएका २५ वर्षीय विजयको कार चलाउँदै गर्दा भुकम्प आएपछि भएको दुर्घटनामा मृत्यु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell