PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी प्रहरी हेडक्वार्टरमा हाजिर



३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी प्रहरी हेडक्वार्टरमा हाजिर

काठमाडौँ : ३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्री आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन्। एसएसपी खत्री माथि लगाइएको निलम्वन फुकुवा भएको छ ।

उच्च अदालत पाटनले साधारण तारिखमा छोड्न आदेश दिएपछि सबै कानुनी प्रकृया पुरा गरेर एसएसपी खत्री हाजिर भएको प्रहरीले सूत्रले जानकारी दिएको छ। न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले खत्रीलाई साधारण तारिखमा छोड्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतको निर्णय नियम विपरित भएको भन्दै एसएसपी खत्रीले मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरर अनुसार उच्च अदालतमा निवेदन दिएका थिए।

३३ केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एसएसपी खत्रीलाई गत माघको तेस्रो साता पक्राउ गरेको थियो। निलम्बनमा परेका एसएसपीलाई गत चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell