PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साठी घन्टापछि जीवितै उद्धार



साठी घन्टापछि जीवितै उद्धार

काठमाडौँ । गोंगबु बसपार्क अगाडिको एउटा साततले भवन भत्किएर पुरिएका २० वर्षीय युवकको मंगलवार बिहान जीवितै उद्धार गरिएको छ ।
भूकम्पबाट भत्किएको उक्त घरको दोस्रो तलामा ती व्यक्ति रहेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी, चिनियाँ र टर्केली टोली समेत सहभागी भएका थिए ।

सशस्त्र प्रहरी बलको ‘सर्च एन्ड रेस्क्यु’ टोली उक्त भवनको छतमा चढेर छतको ढलान काटी अर्को तलामा पुगेर त्यसको पनि ढलान काट्दै ती व्यक्ति भएको ठाउँसम्म पुगेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले समेत सोमबार त्यस ठाउँमा पुगी ती व्यक्तिसँग ढलान काटी बनाइएको प्वालबाट छिरेर कुराकानी गरेका थिए । ढलानले कम्मरमुनि चेपिएर रहेका उनलाई बिम काटेर उद्धार गर्न खोज्दा अरु क्षति हुन सक्ने भएकाले ज्यादै सजगताका साथ उद्धार गरिएको थियो । घाइतेलाई उद्धारलगत्तै उपचारका लागि अस्पताल पठाइएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell