PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

राहत बाढ्न र अनुगमन गर्न एमाओवादीले माग्यो सर्वदलीय संयन्त्र



राहत बाढ्न र अनुगमन गर्न एमाओवादीले माग्यो सर्वदलीय संयन्त्र

  • पहिलोपोस्ट-
काठमाडौं : एकीकृत नेकपा माओवादीले भूकम्प पीडितका लागि राहत वितरण र अनुगमनका लागि सर्वदलीय संयन्त्र निर्माण गर्न माग गरेको छ। एमाओवादी संसदीय दलको बैठकले उद्दार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी, पारदर्शी, योजनवद्ध र विभेदरहित तुल्याउन सरकारको नेतृत्वमा केन्द्र जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संरचना आवश्यक रहेको जनाएको हो।

साथै एमाओवादीले सरकारले सर्वदलीय संयन्त्र गठनमा चासो नदेखाएको उल्लेख गर्दै आशंका सहित खेद व्यक्त गरेको छ।

एमाओवादीले सत्तापक्षको निरंकुश र अराजनीतिक कार्यशैलीका कारण उद्दार र राहतको कार्य प्रभावकारी हुन नसकेको तथा आपूर्तिमा लापरवाही र भेदेभाव भइरहेको उल्लेख गर्दै, जनता र अन्तराष्ट्रिय समुदायले गर्ने सहयोगमा समेत विभेद र भ्रष्टाचार हुने हो कि? भन्ने शंका रहेको जनाएको छ।

'राष्ट्रिय विपदमा हामीले अलग भूमिका भन्दा पनि सरकारलाई सहयोगमा लाग्यौँ, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि सहयोग गर्ने भन्यौ, सभामुखले बोलाएकोमा पनि भन्यौँ तर सरकार अस्तव्यस्त भएको छ। सरकार राहत र पुर्नस्थापनामा गम्भीर भएन,' बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने।
 

संसद बैठक बोलाउन माग

एकीकृत नेकपा माओवादीले तत्काल संसद बैठक डाक्न समेत सरकारसँग माग गरेको छ। भारतको संसदमा समेत नेपालको भुकम्पबारे भारतीय प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अवस्था बनेको तर नेपालमा संसद समेत सरकारले नबोलाएको भन्दै विरोध जनाएको छ।
 

विशेष राहत माग

एमाओवादीले भूकम्पबाट मृत्यु भएकाहरुलाई प्रति मृतक ३ लाख दिन माग गरेको छ। साथै एकीकृत राहत प्याकेज निर्माण गरेर त्रिपाल, खानेकुरा र आवासको क्षति हेरेर ५ देखि १० लाख सम्म नगद उपलब्ध गराउन माग गरेको छ। साथै घाइतेहरुलाई राहत स्वरुप १ लाख दिन माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell