काठमाडौं: माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। क्रान्तिकारीका अध्यक्ष्यमा तामाङले अनिल शर्मा हराउदै विजयी भएका हुन्।
क्रान्तिकारीको उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।
त्यस्तै महासचिवमा उत्तम अधिकारी निर्वाचित भएका छन्। उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका हुन्।
भदौ ७ गतेदेखि सुरु भएको सम्मेलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको इतिहासकै पहिलो सम्मेलन हो।