PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई घण्टामा भूकम्प आउने भन्दै अफवाह फैलाउने चार पक्राउ



दुई घण्टामा भूकम्प आउने भन्दै अफवाह फैलाउने चार पक्राउ

काठमाडौँ: राजधानीको विभिन्न स्थानमा ठूलो भूकम्प जानसक्ने भन्दै भएको माइकिङ र हल्ला निराधार भएको प्रहरीले जनाएको छ। राजधानीको ठमेल, भक्तपुर, पाटन र नक्सालमा अन्तराष्ट्रिय समाचार माध्यमको हवाला दिँदै माइकिङ भएको थियो।

दश रेक्टर स्केल भन्दा माथिको भूकम्प जाने भन्दै राजधानीका विभिन्न स्थानमा माइकिङ भएको थियो। प्रहरीले माइकिङ गर्ने एक जनालाई राजधानीको पाटनबाट नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बर्ष ३४ का राजेन्द्र खड्गी  र बर्ष ३२ का दोलखा निवासी हिराबहादुर थापा भएको प्रहरीले जनाएको छ। थापालाई ठहिँटीबाट र खड्गीलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

साथै अफवाह फैलाउनेलाई देख्ने बित्तिकै नियन्त्रणमा लिन सर्कुलर समेत जारी भएको प्रहरीले जनाएको छ। 

प्रधानमन्त्री कार्यलयले समेत अफवाह फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ। माइकिङ गर्नेले संगठित रुपमा चोरीको योजना बनाएको हुनसक्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell