PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​भूकम्प पीडित कहाँ ‘मल्हम’ लगाउन पुगे प्रचण्ड



​भूकम्प पीडित कहाँ ‘मल्हम’ लगाउन पुगे प्रचण्ड

काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूकम्प पिडितहरुको घाउमा मल्हम लगाउन राजधानीको किर्तिपुर पुगेका छन्।

शुक्रबार बिहान नेता डाक्टर बाबुराम भट्टराईलाई लिएर प्रचण्ड किर्तिपुरको माथिल्लो गुडगाउँ पुगेका हुन्। उनीहरुले भूकम्प पीडितहरुको अवस्था, घाइतेको अवस्थाबारे जानकारी लिएका थिए। त्यस्तै स्थानीयहरुसँग उद्दार र राहतमा सरकारले गरिरहेको काम कारवाहीबारे समेत चासो व्यक्त गरेका थिए।

स्थानीयहरुले प्रचण्डसँग सरकारले कुनैपनि राहत र सहयोग नगरेको भन्दै गुनासो गरेका थिए। ‘सरकारबाट कुनै राहत पाइएन भनेर स्थानीयले अध्यक्षसँग गुनासो गरे’, प्रचण्डका सहयोगी शिव खकुरेलले पहिलोपोस्टसँग भने, ‘जे जति भएको छ, स्थानीयहरुले आफैँ आफैँ जुटाएर गरेका छन्, सरकारले केही गरेन भनेर गुनासो गरे।'

प्रचण्डले आफूले स्थानीयको गुनासो सरकारसँग राख्ने आश्वासन दिएका थिए। 

प्रचण्ड गत संविधानसभाको निर्वाचनमा समेत किर्तिपुरबाट उम्मेद्वार बनेका थिए। प्रचण्ड आजै भुकम्पबाट घाइतेहरुलाई भेट्न विभिन्न अस्पताल समेत जाँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell