PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ताजकिस्तानसँग हारेपछि नेपाललाई गाह्रो

ताजकिस्तानसँग हारेपछि नेपाललाई गाह्रो

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमै भएको खेलमा नेपाल ताजकिस्तानसँग २-१ गोलले पराजित भएको छ।

ताजकिस्तानका लागि पहिलो हाफमा मानुचेर र भासिएभले गोल गरे। नेपालका लागि दोस्रो हाफमा विमल घर्ती मगरले एक गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन।

समूह एफमा नेपालको यो दोस्रो हार हो भने ताजकिस्तानको पहिलो जित हो। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो। भने घरेलु मैदानमा भएकव दोस्रो खेलमा यमनसँग बराबरी खेल्दै पहिलो अंक जोडेको थियो।

घरेलु मैदानमै बेहोरेको हारले नेपालको छनोट यात्रा कठिन बनेको छ भने टिमको कमजोरी पनि देखिएको छ। खेलपछि नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले 'दबाब होइन चुनौती थपिएको छ' भन्ने धनाईले पनि नेपालको अबको बाटो कस्तो छ भनेर पुष्टी गर्छ।

नेपाल र ताजकिस्तान बीच खेल हुनुअघि सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकले अंक महत्वपूर्ण भएको बताएका थिए। दुवै प्रशिक्षक अंक जोड्न चाहन्थे।

जसमा ताजिकस्तान सफल भयो भने नेपालले घरमै अंक जोड्ने मौका गुमायो। यो हार नेपालका लागि निकै महँगो हार बन्न सक्नेछ। कारण अब नेपालले ३ खेल खेल्न बाँकी छ र त्यसमध्ये दुई खेल अवे छ भने अन्तिम खेल मात्र घरेलु मैदानमा खेल्नेछ।

३ खेलबाट १ अंक मात्र जोडेको नेपाल अंक तालिकामा समेत पूछारमा झरेको छ। नेपाललाई पराजित गर्दै पहिलो जित निकालेको ताजकिस्तान ३ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ। दुई खेल खेलेका फिलिपिन्स शतप्रतिशत जितका साथ ६ अंक जोड्दै पहिलो तथा २ खेलबाटै ४ अंक जोडेको यमन दोस्रो स्थानमा छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले राम्रो शुरुवात गरेपनि २५औँ मिनेटमा पहिलो गोल बेहोर्‍यो।

पर्भिजन उमारवेभको कर्नरमा डभरोन्जन इर्भासेको हेड नेपालका गोलरक्षक किरण चेम्जोङले रोकेपनि मानुचेर जालिलोभले गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाए। त्यसको ४ मिनेटपछि ताजकिस्तानले अर्को गोल गर्‍यो।

अलिभ जहोङगिरले प्रहार गरेको बल किरणले पूरा क्लियर गर्न नसक्दा भासिएभ दिलसोदले गोल गर्दै ताजकिस्तानलाई २-० को अग्रता दिलायो।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो।

पहिलो हाफमै नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले दोस्रो हाफमा गोल गर्नुअघि केही राम्रो अवसर सिर्जना गरेका थिए।

५३औँ मिनेटमा विमलले करिब ३० यार्ड टाडाबाट प्रहार गरेको फ्रिकिक क्रस बार भन्दा केही माथिबाट गएको थियो। ५९औँ मिनेटमा विमलले नै २५ इर्डबाट गरेको प्रहार ताजकिस्तानकव गोलरक्षकलाई लागेर पोष्ट माथिबाट बाहिरियो। तर ६१औँ मिनेटमा भने विमल सफल भए।

विमलले अन्जन विष्टको पासमा गोल गर्दै घरेलु टोली नेपालकव खेलमा पर्कने आश दिलाएका थिए। तर त्यसपछि गोल थप्न नसक्दा नेपाल पराजित हुन पुग्यो।

८१औँ मिनेटमा नेपालका कमल श्रेष्ठले राइट साइडबाट प्रहार गरेको बल ताजकिस्तानको किपर बचाउन नसकेपनि क्रस बारमा लाग्दै पुन: गोलरक्षकको हातमै परेको थियो।

छनोटमा पहिलो जित हात पारेपछि ताजिकस्तानका रसियाली प्रशिक्षक खकिम फुजायलोभले नेपालमा जुन योजनाका साथ आएको थियो त्यो पूरा भएको बताए।

'हामी जे को लागि आएका थियौँ। त्यो हासिल गर्‍यौँ। यही नै सबैभन्दा महत्वपूर्ण हो। आजको सबैभन्दा महत्वपूर्ण विषय भनेकव हामीले ३ अंक हासिल गर्‍यौँ।'

उनले यो जितले ताजिकस्तानलाई छनोट यात्रामा कायम रहन मद्दत गर्ने बताए।

हारपछि नेपालका जापानी प्रशिक्षक योतुकु कोजीले खेलाडीबीच तालमेन मिल्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए। उनले पहिलो रोजाईँमा खेलाएका नवयुग श्रेष्ठ र भरत खवासको मिडफिल्डसँग तालमेल नमिलेको र दोस्रो हाफमा विमल गएपछि नेपाल खेल केही सुधार भएको बताए।

दोस्रो हारपछि नेपालको छनोट हुने सम्भावना कती छ भन्ने प्रश्नमा प्रशिक्षक कोजीले सम्भावना कति बाँकी छ अहिले भन्न नसकिने बताए। 'हामी अहिले त्यो भन्न सक्दैनौँ। समूहका सबै टिम उस्तै छन्। कुनै पनि टिम कमजोर छैन।' कोजीले भने। 'सोडिडारिटी कप जितेका कारण हामीले यो प्रतियोगिता खेल्न पाएका हौँ। त्यसैले गल्ती कमजोरीहरु सुधार गर्दै आगामी खेलमा राम्रो खेल्ने प्रयास गर्नेछौँ।'


जर्ज प्रिन्सको डेब्यु

नेपाल पराजित भएको खेलमा एक नयाँ खेलाडी डेब्यु गरे। ताजकिस्तान विरुद्ध नेपालका लागि २३ वर्षिय जर्ज प्रिन्स कार्कीले डेब्यु गर्ने अवसर पाए। उनी ६३औँ मिनेटमा बिशाल राईको स्थानमा मैदान प्रवेश गरेका थिए।

उनले यसअघि नै प्रिन्सलाई जापान लैजान चाहेपनि विभिन्न सम्याका कारण सफल नभएको बताए।

'पहिलो खेल भएकाले ताजिकस्तान विरुद्ध कस्तो खेल्ने हो भनेर पहिलो रोजाईँ नखेलाएको हो। दोस्रो हाफमा खेलाउदा अर्को गेमको लागि राम्रो हुन्छ। उसले पनि पक्कै केही सिकेको हुनुपर्छ।' कोजीले प्रिन्सको प्रशंसा गर्दै भने।



ट्रेन्डिङ पोस्ट

Ncell