इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा कुमारीको रथ तानिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कुमारीको रथ यात्रा अवलोकन गरिन्। जीवित देवीको रुपमा कुमारी लाई पूजा गर्ने चलन छ। कुमारीको रथयात्रा सँगै भैरव र गणेशको रथको पनि यात्रा गरियो। जात्रामा हजारौँ सहभागी थिए। साथै दश अवतारको लीला पनि देखाइएको थियो।