PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

ब्याटिङमा जोड दिँदै नेपाल यू-१९ टोलीको प्रशिक्षण, हेर्नुस् फोटोमा

ब्याटिङमा जोड दिँदै नेपाल यू-१९ टोलीको प्रशिक्षण, हेर्नुस् फोटोमा

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : सिंगापुरमा गत जुलाईमा भएको आइसीसी यू-१९ एसिया कपमा ब्याटिङ कमजोर भएकाे छताछुल्ल भएपछि यू-१९ एसिया कप छनोटमा ब्याटिङलाई सुधार गर्ने मुख्य लक्ष्यसहित नेपाली युवा टोलीले तयारी गरिरहेकाे छ।

सिंगापुरमा नेपाली युवा टोलीको ब्याटिङ पुरै  फ्लप भएको थियो। त्यसैलाई पूरा गर्नका लागि भारतीय प्रशिक्षक मोन्टफ देसाईलाई ब्याटिङ कन्सलट्यान्टको रुपमा नेपाल झिकाइएको थियो।

उनले नेपालको युवा टोलीलाई एक साताभन्दा बढी ब्याटिङ सिकाए।

नेपाली यू-१९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले देसाईको आगमनपछि नेपालको टिममा केही परितर्वन भएको बताए। 'उनी आएपछि हाम्रो ब्याटिङ अप्रोचमा केही फरक भएको हो। खेलाडीको ट्यालेन्टसमा कुनै कमी छैन तर त्यसलाई कसरी युटिलाइज गर्ने भन्ने हो। अरु कुरा सबै उस्तै नै हो।' दासले पहिलोपोस्टसँग भने।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुग्दा नेपालले ब्याटिङमै जोड दिएर खेलेका थिए। पालैपालो नेपालका ब्याट्सम्यानलाई प्रशिक्षक दासले क्रिजमा पठाएर ब्याटिङ गराइरहेका थिए।

पछिल्लो एक सातामा नेपालले मुख्य गरी ब्याटिङमै केन्दित गरेर प्रशिक्षण गरिरहेको दासले बताए। 'हामीले सिनियर राष्ट्रिय टिमसँग दुई अभ्यास खेल खेलेका थियौँ। एउटामा २९३ रनसमेत बनाएका थियौँ। यु-१९ विश्वकप छनोटभन्दा ब्यानटिङमा पक्कै केही सुधार भएकाे छ।'

प्रशिक्षक दासले मलेसियामा यही सेप्टेमवर ८ देखि शुरु हुने एसीसी यू-१९ एसिया कपमा ब्याटिङमा सुधार गर्नु नै मुख्य लक्ष्य भएको प्रतिक्रिया दिए। 'हाम्रो टार्गेट भनेको उपाधि जित्ने नै हाे। त्यसका लागि हामी पछिल्लो प्रतियोगितामा देखिएको ब्याटिङमा सुधार गर्दै राम्रो प्रदर्शन गर्नेछौँ।'

यही शुक्रबारदेखि मलेसियामा शुरु हुने एसीसी यू-१९ कप पूर्वी क्षेत्र (एसियन कप छनोट) मा नेपाल, थाइल्याण्ड, भुटान र सिंगापुर समूह ए मा छ। नेपाल सेप्टेमवर ११(आगामी सोमबार) थाइल्याण्डसँग पहिलो खेल खेल्नेछ।)

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell