काठमाडौं : संसदमा आवश्यक सांसद संख्या नपुगेका कारण समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको मधेशी आयोग विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावमा छलफल हुन सकेन।
नेमकिपाका सांसद प्रेम सुवालले संविधान अनुसार संसदमा कुनै पनि प्रस्ताव पेश गर्न एक चौथाइ सांसद संख्या उपस्थित हुनुपर्ने प्रश्न उठाएपछि तीन मिनेट घण्टी बजाएर संख्या गनिएको थियो।
१४८ सांसद उपस्थित हुनुपर्नेमा १३६ सांसद मात्र उपस्थित भएको कारण प्रस्ताव पेश नगरी १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा सभामुख ओनसरी घर्ती मगरले गरिन्।