काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार विजय कुमार घिमिरे क्यामेरा चुनाव चिन्ह सहित निर्वाचनमा होमिएका छन्। काठमाडौं र ललितपुर महानगर एवं इटहरी उपमहानगर पालिकामा साझा पार्टीले पाएको क्यामेरा चुनाव चिन्ह चन्द्रपुरमा घिमिरेलाई दिइएको हो।
काठमाडौं व्यापार व्यवसाय गर्दै आएका घिमिरे जन्मस्थानमा चन्द्रपुरका विभिन्न सामाजिक गतिविधिमा सकृय थिए।
साविकको चन्द्रपुर–८, अल्टोकी (हाल चन्द्रपुर–४ ठाडाटोल) मा जन्मिएका उनले ‘चन्द्रपुरको शानः सबै नागरिकलाई सम्मान,’ ‘जन चाहना अनुसारको विकास, २१औँ शताब्दीको माग’ लगायतका नारा एवं तत्काल तथा दीर्घकालिन सुधारका १५ एजेन्डा जनता सामु अघि सारेका छन्।
चन्द्रपुरमा कांग्रेस, एमाले, माओबादी लगायत प्रमुख दलका उम्मेद्वार निर्वाचनमा छन्। युवा पुस्ताले अवसर मागेर होइन जनतामा जाने हिम्मत गरेर समाज परिवर्तनमा लाग्नु पर्छ भन्ने अठोटका साथ आफू निर्वाचमा होमिएको घिमिरेको भनाइ छ।