PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

फिफा वरीयतामा नेपाल ६ स्थान झर्‍यो, भुटानभन्दा पछाडि



फिफा वरीयतामा नेपाल ६ स्थान झर्‍यो, भुटानभन्दा पछाडि

काठमाडौं : फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ। नेपाल विश्व वरियतामा १७५ नम्बरमा छ। नेपालको स्थान भुटानभन्दा एक स्थान पछाडि छ। 

दक्षिण एसियाली देशहरु बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा नेपाल माथि छ। बंगलादेश १९६, श्रीलंका १९८ र पाकिस्तान २०० औँ स्थानमा छ। 

भारत १० स्थान तल झरेर १०७ औँ स्थानमा छ भने माल्दिभ्स १५४ र अफगानिस्तान १५८ औँ स्थानमा छ। 

विश्व वरियताको शीर्ष स्थानमा जर्मनी छ। दोस्रो स्थान ब्राजिल र तेस्रोमा पोर्चुगल छ। चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell