वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना भइरहँदा वडा नम्बर ३२ को मतपेटिकामा सात वटा मतपत्र अर्धकट्टीसहित भेटिएको छ। ती मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर समेत छैन।
माओवादी केन्द्रले ती मतपत्रलाई बदर गर्नुपर्ने माग राखेको छ। अन्य दलले भने त्यसलाई सदर गर्नुपर्ने बताइरहेका छन्।
माओवादीले मतगणना नै रोक्नुपर्ने माग गरिरहेको छ। मतगणना स्थल बाहिर माओवादी कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन्।
वीरगंजमा अहिले वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।