PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भक्तपुरमा रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते



भक्तपुरमा रोकिराखेको गाडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडौँ : भक्तपुरको वन्टीस्थित सडकखण्डमा आज दिउँसो १ बजे रोकिराखेको ना १ च २७४४ नम्बरको टाटा मोबाइल गाडीमा बा ३७ प २३०२ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल चालक उछिट्टिएर बा ७८ प २२६४ नम्बरको स्कुटरमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय प्रजन सैजुको गम्भिर घाइते भई उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो।

अन्य ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार भक्तपुर बस्ने २० वर्षिय सविन खसिकवा, सोही स्थान बस्ने १८ वर्षिया बिनिता गोसाई र स्कुटर पछाडि सवार भक्तपुर नै बस्ने २० वर्षीया रिना जटीको सोही अस्पतालमा उपचार भैरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell