PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आज विजयादशमी : देवी विसर्जनको साइत ८ बजेर १ मिनेटमा, टीकाको ११ बजेर ५५ मिनेटमा



आज विजयादशमी :  देवी विसर्जनको साइत ८ बजेर १ मिनेटमा, टीकाको ११ बजेर ५५ मिनेटमा

आज आश्विन शुक्ल दशमी। अर्थात् विजयादशमी। नेपाली हिन्दुधर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन्। यसलाई बडादसैं पनि भनिन्छ। आजदेखि सुरु भएको टीका लागाउने क्रम भने पूर्णिमासम्म जारी रहन्छ।

आज बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ। सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष  प्रा डा रामचन्द्र गौतमले बताए। 

“राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ”–उनले भने। 

विजया दशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ। यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ। विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ। असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ। 

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell