PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कांग्रेसको सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति बन्यो, उम्मेदवार छान्न आजै बैठक 



कांग्रेसको सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति बन्यो, उम्मेदवार छान्न आजै बैठक 
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनमा उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ। कांग्रेसको संरचनामा शक्तिशाली भनेर चिनिने संसदीय समिति सभापति शेरबहादुर देउवाले आजै गठन गरेका हुन्। 

सभापति देउवाले आजै बालुवाटारमा संसदीय समितिको बैठक डाकेका छन्। कांग्रेसमा बोलीचालीमा संसदीय बोर्डको नामले चिनिने संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ। 

दलको विधानमा पदाधिकारी र बढीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको संसदीय समितिमा सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता हुँदा बढीमा १५ सदस्यीय हुने व्यवस्था छ। 

तर देउवाले आफ्नै पक्षका नेताहरुको असन्तुष्टि धान्न नसकेपछि १७ सदस्य पुर्‍याएका हुन्। 

 यी हुन् संसदीय समितिका १७ सदस्य

१) शेरबहादुर देउवा 
२) रामचन्द्र पौडेल 
३) शशांक कोइराला 
४) सीतादेवी यादव 
५) प्रकाशमान सिंह 
६) कृष्णप्रसाद सिटौला 
७) विमलेन्द्र निधी 
८) गोपालमान श्रेष्ठ 
९) खुमबहादुर खड्का 
१०) पूर्णबहादुर खड्का 
११) अर्जुननरसिंह केसी 
१२) डा. रामशरण महत 
१३) चित्रलेखा यादव 
१४) महेश आचार्य 
१५ ) बालकृष्ण खाण 
१६) डा. प्रकाशशरण महत 
१७) ज्ञानेन्द्रबहादुर कार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell