काठमाडौं : नेकपा एमालेले दीपक मनाङेलाई प्रदेश सभा निर्वाचनका लागि मनाङ जिल्लाकाे क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको छ।
केही साताअघि मात्र राप्रपा छाडेर मनाङे एमालेमा प्रवेश गरेका थिए। त्यसैगरी, प्रतिनिधि सभाका लागि एमाले जिल्ला अध्यक्ष पोल्तेन छोपाङ गुरुङलाई सिफरिस गरिएको छ।
प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा मनाङे सिफारिस भएका हुन्।