PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

हङकङसँग नेपाल पराजित हुनुका पाँच टर्निङ प्वाइन्ट



गोविन्दराज नेपाल

हङकङसँग नेपाल पराजित हुनुका पाँच टर्निङ प्वाइन्ट
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो। हारपछि नेपालको च्याम्पियनसिपमा शीर्ष चार स्थानमा हुने सम्भानवना कठिन बन्यो।

टस जितेर पहिले फिल्डिङ रोजेर हङकङलाई १९४ रनमा रोके पनि ब्याटिङ सोचेजस्तो नहुँदा नेपालले त्यति लक्ष्य भेट्न सकेन।


नेपाल हङकङसँग हार्नुका पाँच टर्निङ प्वाइन्ट

एटकिन्सनको ७६ रन

जेमी एटकिन्सन हङकङका पूर्वकप्तान हुन्। ओपनिङ गरेका उनले हङकङका लागि सर्वाधिक ७६ रन बनाए। झण्डै २० ओभर क्रिजमा टिकेका उनले ११७ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अंशुमान रथ शुन्यमै आउट हुँदासमेत एटकिनसनले एक छेउबाट हङकङको इनिङ्स समालिरहे। एटकिन्सनलाई नेपालका सुशन भारीले आउट गरेका थिए।

 

एटिकन र अफजलको साझेदारी

कुनै बेला हङकङले ११९ रन मात्र बनाउँदा ७ विकेट गुमाइसकेको थियो। तर ओपनर एटकिनसनले आठौँ विकेटका लागि अर्का पूर्वकप्तान तनविर अफजलसँग गतिलो साझेदारी गरे।

अफजलले ४२ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए। जसले गर्दा हङकङले स्कोर बढाएको थियो। एटकिन्सन आउट भएपछि पनि हङकङका लागि अफजलले नटआउट रहेका एसान नवाजसँग राम्रो साझेदारी गरे।

 

ज्ञानेन्द्र र पारसको विकेट

नेपाली कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालको मुख्य ब्याट्सम्यानको रुपमा रहेका थिए। ज्ञानेन्द्रले सागर पुनसँग ओपनिङ गरेका थिए भने शरद भेषावकर नखेलेपछि पारसले तेस्रो क्रममा ब्याटिङ गरे। नेपालका लागि ज्ञानेन्द्र र पारसको विकेट निकै महत्वपूर्ण थियो र यी खेलाडीले टिकेर खेल्नुपर्ने थियो। सागर पुनलाई ३ रनमै गुमाएपछि यी जोडेले सँगै ब्याटिङसमेत गरे। तर नेपालको लागि धेरै योगदान गर्न भने सकेनन्। पारसले बनाएको २६ रन नै नेपालको लागि व्यक्तिगत सर्वाधिक स्कोर रह्यो भने ज्ञानेन्द्रले २१ रन मात्र बनाए। पारसले ४६ बल खेल्दै ३ चौकाको मद्दतमा २६ रन बनाए भने २९ बल खेलेका ज्ञानेन्द्रले ४ चौका प्रहार गरे।

यस्तै निकै आश गरिएका खेलाडी दीपेन्द्र सिंह ऐरी पनि ३ रनमै बउट भए। नेपालका लागि एक मात्र छक्का प्रहार गरेका विकेट किपर विनोद भण्डारीले १८ रन बनाए।

 

एसान खालको ५ विकेट

नेपाललाई १११ रनमा अलआउट गर्न हङकङका एसान खानले सर्वाधिक ५ विकेट लिए। ३२ वर्षीया अफ स्पीनर खानले मिडल अर्डर र द्यववर अर्डरका खेलाडीलाई आउट गरे।

उनले आरिफ शेख, सोमपाल कामी, विनोद भण्डारी, बसन्त रेग्मी र सन्दीप लामिछानेको विकेट लिए। ५.५ ओभर बलिङ गरेका एसानले १ मेडन राख्दै १७ रन मात्र खर्चेर ५ विकेट झारेका हुन्। यस्तै अइजज खानले ३ विकेट लिए।

 

शरदको अनुपस्थिति

हारपछि नेपाली टिम र समर्थक कसैले धेरै सम्झिने नाम छ भने त्यो शरद भेषावकर नै हो। घरेलु मैदानमा केन्याविरुद्ध पार्ट टाइम बलिङ गर्दासमेत ४ विकेट लिएका र तेस्रो नम्बरमा ब्याटिङ गर्ने शरदले नेपालको रन बिल्ड अफ गर्न सहयोग गर्थे। तर हङकङ पुग्ने बित्तिकै ज्वरोका कारण थलिएपछि शरदले हङकङसँग दुवै खेल नखेल्ने भए।

उनको अनुपस्थितमा कप्तान पारसले तेस्रो नम्बरमा ब्याटिङ गरे भने पारसको स्थानमा दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरे। शरद आउट भएपछि नेपालबाट नरेश बुढाएर हिजै हङकङ गएपछि आजको खेल खेलेनन्। नेपालसँग १४ सदस्यीय टोलीमा एक्स्ट्रा अलअराउण्डर पनि थिएन।

त्यसैले नेपालले एक बलर थप्दै टिममा ५ बलर राखेको थियो। जसले नेपालको बलिङमा सघाए पनि ब्याटिङमा भने नियमित विकेट गुम्ने स्थितिलाई रोक्न सकेन। त्यसैले नेपालको हारमा कहीँ कतै शरदको अनुपस्थती पनि कारण रह्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell