PahiloPost

Feb 23, 2025 | ११ फागुन २०८१

हराइरहेको अमेरिकी हेलिकप्टरमा ६ अमेरिकी र २ नेपाली सैनिक



हराइरहेको अमेरिकी हेलिकप्टरमा ६ अमेरिकी र २ नेपाली सैनिक

काठमाडौँ : भूकम्प प्रभावित क्षेत्रको उद्दारमा खटिने क्रममा हराइरहेको अमेरिकी हेलिकप्टरमा छ अमेरिकी सैनिक र दुई नेपाली सैनिक रहेको अमेरिकी रक्षा अधिकारीहरुले पुष्टि गरेको एपीले जनाएको छ। 

हेलिकप्टर दुर्घटना भएको कुनै संकेत देखा नपरेको उनीहरुले बताएका छन्। 

अमेरिकी सेनाका कर्णेल स्टिभ वारेनले नजिकैको भारतीय हेलिकप्टरले संभावित इन्धन समस्याबारे कुरा भएको सुनेको जानकारी दिएको बताएका छन्। उनले धुँवा र अन्य कुनै दुर्घटनाको संकेत नदेखिएकोले हेलिकप्टर सम्पर्कविहीन मात्रै भएको हुनसक्ने आशा अधिकारीहरुले गरेको बताए। 

रात परिसकेकोले आकाशबाट खोज रोकिएको छ। नेपाली सेनाले पैदल खोजी अभियान जारी राखेका छन्। 

हेलिकप्टर रेडियो सिग्नल नटिप्ने ठाउँमा ल्यान्ड भएको हुनसक्ने वारेनले बताए। उनले अमेरिकी एयरबोर्न पारा रेस्क्यु फोर्सले रेस्क्यु मिसनको रिहर्सल गरेको र आवश्यकता परे नेपाल जान तयार रहेको जानकारी दिए।

अहिले नेपालमा ३ सय जना अमेरिकी सैनिक राहत तथा उद्दारमा संलग्न छन्।  


.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell