PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

माओवादीका बिना विभागीय मन्त्री कांग्रेस प्रवेश



माओवादीका बिना विभागीय मन्त्री कांग्रेस प्रवेश

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्‍मा मा‌ओवादी केन्द्रको सिफारिशमा राज्यमन्त्री रहेका शम्भुलाल श्रेष्ठ आज कांग्रेस प्रवेश गरेका छन्। 

माओवादी केन्द्रले एमालेसित चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढाएपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई बिना विभागीय बनाएपछि श्रेष्ठ पनि बिना विभागीय राज्यमन्त्री छन्। यसअघि उनी ऊर्जा राज्यमन्त्री थिए। 

श्रेष्ठ पछिल्लो संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट सर्लाहीबाट निर्वाचित भएका थिए। २०५५ सालमा नेपाली कांग्रेसको सर्लाही जिल्ला सचिव रहेका उनी संविधान सभाको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि माओवादी प्रवेश गरेका थिए। 

त्यसैगरी एमालेबाट कैलाली क्षेत्र नम्वर २ बाट निर्वाचित पूर्व सांसद मोहन सिंह राठौर र एमालेकी अर्की पूर्व सांसद रविना चौधरी आज औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरुलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell