PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कर्मचारीलाई मतदान गर्न दिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



कर्मचारीलाई मतदान गर्न दिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ : निर्वाचनको विषयमा परेको अर्को एउटा रिटमा पनि आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन। 

निर्वाचनमा कर्मचारीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै भरतकुमार मैनालीले दायर गरेको रिटमा सुनुवाई गर्दै आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई कात्तिक १९ गते छलफलका लागि डाकेको छ। 

यसअघि संविधान सभा निर्वाचनमा सुरक्षाकर्मी र कर्मचारीहरुलाई समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न दिइएको थियो। यस पटकको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भने निर्वाचन आयोगले बाहिर जिल्लामा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई मतदान अधिकार नहुने निर्णय गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell