PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पेट्रोल, डिजेल र ग्यासमा मूल्यवृद्धि : पेट्रोलमा दुई रुपैयाँ, ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढ्यो



पेट्रोल, डिजेल र ग्यासमा मूल्यवृद्धि : पेट्रोलमा दुई रुपैयाँ, ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ।

निगमका प्रवक्ता वीरेन्द्र गाेइतका अनुसार पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ भाउ बढेको छ। अब पेट्रोल प्रति लिटर १०० रुपैयाँ पर्नेछ। त्यसैगरी डिजेल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ ५० पैसा बढेपछि ७५ रुपैयाँ ५० पैसा पर्नेछ। 

खाना पकाउन प्रयोग हुने एलपिजी ग्यासमा भने प्रति सिलिन्डर २५ रुपैयाँ भाउ बढाइएको छ। अब प्रति सिलिन्डरको मूल्य १३५० रुपैयाँ पर्नेछ। 

यसअघि गएको साउन १७ गते ग्यासको भाउ प्रति सिलिन्डर २५ रुपैयाँ भाउ घटाएर १३२५ रुपैयाँ बनाइएको थियो। 

पेट्रोलियम पदार्थको भाउ भने गएको असार १९ गते पछि पहिलो पटक हेरफेर भएको हो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell