PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

नारायणमान बिजुक्छेले उम्मेदवारी दर्ता गराएनन्, भक्तपुर १ मा प्रेम सुवाल उम्मेदवार



नारायणमान बिजुक्छेले उम्मेदवारी दर्ता गराएनन्, भक्तपुर १ मा प्रेम सुवाल उम्मेदवार

काठमाडौँ : २०४८ सालदेखि भक्तपुरबाट निर्वाचित हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक प्रतिनिधिसभामा मनोनयन दर्ता गराएनन्।  

प्रतिनिधि सभाको प्रत्यक्षमा मात्र होइन, समानुपातिकको बन्दसूचीमा पनि बिजुक्छेको नाम छैन।  

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि निर्वाचित हुँदै आएका बिजुक्छेले पार्टीको निर्णय बमोजिम नै मनोनयन दर्ता नगराएको प्रेम सुवालका स्वकीय सचिव नरेश खत्रीले बताए। 

उनले भने 'अध्यक्षज्युले कतै मनोनयन दर्ता गर्नुभएको छैन। पार्टीले गरेको निर्णय बमोजिम उम्मेद्वारी नदिनुभएको हो।' 

भक्तपुर १ को प्रतिनिधि सभामा प्रेम सुवाल उम्मेदवार भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निरज लवजु र २ बाट सुरेन्द्र गोसाइँ उम्मेदवार छन्। 

त्यस्तै, भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा अनुराधा थापामगर उम्मेदवार बनेकी छन्। भक्तपुर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सरोज गोसाइँ र २ मा प्रेमजंग थापाले उम्मेदवारी दर्ता गराएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell