चीनको सान्यामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सुन्दरी नीकिता चाण्डक माहेश्वरी परम्परागत पहिरनमा चिमेलङ ओसन परेडमा सहभागी भएकी छिन्। तीन किलोमिटरको बाटोमा प्रतिस्पर्धी सुन्दरीहरु नाच्दै हिँडेका थिए।