काठमाडौं : दोलखाका लागि राहत सामाग्रि लिएर उडेको अमेरिकी सेनाको हलिकप्टर सिन्धुपाल्चोकको घोर्थलीमा दुघटनाग्रस्त अवस्थामा भेटिएको छ। गएको मंगलबारबाट हराइरहेको अमेरिकी सेनाको युएच वान वाई भेनम विमान दुर्घटनाग्रस्त अवस्थामा शुक्रबार भेटिएको नेपाली सेनाले जनाएको हो।
नेपाली सेनाको लान्सर र इक्वेरल विमानले दुर्घटनाग्रस्त विमानका अवशेष फेला पारेको थियो। सेनाको पैदल टोलीले दिएको जानकारी पछि दुर्घटनाग्रस्त भएको ठाउँमा नेपाली सेनाको हेलिकप्टर पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
योसँगै पहिलोपोस्टले गत बुधबार अपलोड गरेको समाचार गलत सावित भएको छ।
नेपाली सेनाको लान्सर र इक्वेरल विमानले दुर्घटनाग्रस्त विमानका अवशेष फेला पारेको थियो। ११ हजार दुईसय फिट उचाइमा पुगेर यो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।.jpg)
मंगलबार दिउँसो दोलखा केन्द्रविन्दु बनाइ ६.८ रेक्टर स्केलको भूकम्प गएपछि त्यस क्षेत्रमा उद्दारका लागि गएको अमेरिकी सेनाको विमान हराएको थियो । विमानमा ६ अमेरिकी सैनिक र दुई नेपाली सैनिक रहेका थिए।
मंगलबार दिउँसो २ बजेबाट हराइरहेको हेलिकप्टरबारेे नेपाली सेनाले राती १० : ३० बजे मात्र सूचना सार्वजनिक गरेको थियो। दोलखाको सुनखानी इलाकामा हेलिकप्टर हराएको सूचना आएपछि त्यसलाई आधार मान्दै खोजी कार्य जारी राखेको थियो।
'हामीलाई अहिलेसम्म थाहा छैन त्यहाँ कोही जीवित भए नभएबारे, हामी यसबारे पत्ता लगाउन खोजिरहेका छौँ। हामीले आकाशबाट अवशेषहरु देखेका हौँ, अहिले हामी त्यहाँ ल्याण्ड गरेर थप सूचना संकलन गर्ने कोशिसमा रहेका छौँ', उपरथी बिनोज बस्नेतले एएफपीलाई बताएको टेलिग्राफले लेखेको छ।

अमेरिकी सेनाको विमानको चालक ३१ वर्षीय क्रिस नोर्ग्रेन थिए। एरोस्पेश इन्जिनियरिङ र गणितमा स्नातोकत्तर गरेका नोर्गेनले सुरुमा अलस्काको पार्कमा काम गरेका थिए । त्यहाँ भालुसँग जम्काभेट भएपछि उनले मरिनमा सेवा सुरु गरेका थिए । उनी मरिन अन्तर्गत जापान र कोरियामा काम गर्दै आएका थिए ।
मरिनको यो हेलिकोप्टर उद्दारका लागि जापानबाट काठमाडौं ल्याइएको थियो । त्यही हेलिकोप्टरमा नोर्गेन पनि थिए । अमेरिक सेनाले हेलिकोप्टरमा हराइरहेका छ जनाको परिवारलार्इ नै विमान हराइरहेको विषयमा जानकारी दिइसकेको थियो ।
तर नेपाली सेनाले भने शुक्रवारसम्म पनि हेलिकोप्टरमा सवार आफ्ना जवानका विषयमा कुनै पनि जानकारी दिएको छैन् । स्रोतका अनुसार हेलिकोप्टरमा कमाण्डो तालिम प्राप्त सेना थिए ।
सेनाको विज्ञप्ती -