PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु सक्रिय



​संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु सक्रिय

काठमाडौं : संविधानका विवादित विषयमा सहमति जुटाउन शीर्ष दल छलफल जुटेका छन्। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अघिल्लो संविधानसभाका असहमतिका बुँदामा सहमति जुटाउन प्रयास थालेको हो।

संविधान निर्माणको कार्यतालिका अनुसार अबको एक साताभित्र सहमति जुटाउनुपर्ने भएकाले राजनीतिक दल छलफलमा जुटेका हुन्।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा सहभागी ३१ दलसँग संवैधानिक अदालत र सर्वोच्च अदालतको क्षेत्राधिकारबारे छलफल गरेको समिति सभापति डा. बाबुराम भट्टराईका सहयोगी विश्वद्विप पाण्डेले जानकारी दिए।  

सिंहदरबारमा भएको बैठकमा सहमतिका विकल्प खोजेर निर्धारित समयमा संविधान जारी गर्ने विषयमा छलफल भएको पाण्डेले जानकारी दिए।

संविधानका मुख्य विवादित विषय राज्यको पुनरसंरचना, शासकीय स्वरुप र न्याय प्रणालीका विषयमा राजनीतिक दलहरुबीच फरक मत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell