काठमाडौं : मंसिर कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।
अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ। यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन्।
शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिए पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्।