काठमाडौँ : गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा मंसिर १० गते सबै सरकारी, अर्ध सरकारी र संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाहरुमा मंसिर ७ गतेदेखि १० गतेसम्म चार दिन शिक्षण संस्थाहरु बन्द हुनेछन्।
त्यसैगरी मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाहरुमा सो दिन सबै सरकारी, अर्ध सरकारी र संस्थानहरुमा सार्वजनिक विदा दिइएको छ।
त्यस्तै यी ४५ जिल्लामा मंसिर १८ गतेदेखि २१ गतेसम्म चार दिन शिक्षण संस्थाहरु बन्द हुनेछन्।