PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

जमिन र हवाई गस्ती, १५ मिनेटभित्र थप प्रहरी फोर्स पुग्ने, निर्भय भएर मतदान गर्नुस् : गृह सचिव



जमिन र हवाई गस्ती, १५ मिनेटभित्र थप प्रहरी फोर्स पुग्ने, निर्भय भएर मतदान गर्नुस् : गृह सचिव

काठमाडौँ : भोलि बिहान ७ बजेदेखि हुन लागेको पहिलो चरणको मतदानका लागि सबै तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। 

निर्वाचनको पूर्वसन्ध्यामा गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन हुने जिल्लाहरुमा जमिन र हवाई गस्तीको व्यवस्था मिलाइएको जानकारी दिए। 

'अत्यावश्यक अवस्थामा १० देखि १५ मिनेटभित्र थप प्रहरी फोर्स पुग्ने गरी व्यवस्था मिलाएका छौँ', उनले भने। 

निर्भय भएर मतदान गर्न आग्रह गर्दै गृहसचिव सापकोटाले भोलिको निर्वाचनमा ६४ हजा। सैनिक, ६८ हजार ६७८ प्रहरी, ४२ हजार ८९१ सशस्त्र प्रहरी र ९८ हजार १७६ म्यादी प्रहरी खटाइएको जानकारी दिए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell