PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

मतगणनाको प्रारम्भिक संकेत : वाम गठबन्धनको फराकिलो अग्रता, ल्याउला दुई तिहाई?



मतगणनाको प्रारम्भिक संकेत : वाम गठबन्धनको फराकिलो अग्रता, ल्याउला दुई तिहाई?

काठमाडौँ : प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ को पहिलो चरणमा मतदान भएका ३२ हिमाली जिल्लामा सुरु भएको मतगणनाको प्रारम्भिक परिणामले वाम गठबन्धनलाई उत्साही बनाएको छ भने लोकतान्त्रिक गठबन्धन निराश। 

वाम गठबन्धनले फराकिलो अग्रता कायम गर्दैगर्दा  ३७ वटा निर्वाचन क्षेत्रमा कसको विजय झण्डा गाडिने हो, स्पष्ट हुने क्रममा छ। यदि प्रारम्भिक मतपरिणामको संकेत कायम रहने हो भने आगामी सरकार वाम गठबन्धनको हुने निश्चित छ। 

यद्यपि दोस्रो चरणको मतदान भएका ४५ वटा पहाडी र तराईका जिल्लाका मतपेटिकाको पोको खुल्नै बाँकी छ। यी ठाउँमा १२८ निर्वाचन क्षेत्र रहेका छन्। यसमा सिट संख्याको आधारमा दोस्रो स्थानमा रहेको दुई नम्बर प्रदेश पनि छ जहाँ वाम गठबन्धनका शीर्ष नेताहरु चुनावी अभियानका क्रममा पाइलासमेत टेकेनन्। प्रदेश २ का आठवटा जिल्लामा ३२ प्रतिनिधि सभा सिट रहेको छ।

यी ठाउँका मतगणना शुक्रबार सुरु हुनेछन्। त्यतिबेला लोकतान्त्रिक गठबन्धनले बाउन्स ब्याक गर्न नसके यो गठबन्धन आगामी संसदमा प्रतिपक्षी बन्न बाध्य हुनेछ।  

बिहीबार रातिसम्म प्रत्यक्षतर्फको मतगणना मात्रै गरिँदैछ। जबकि २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिक सिट ११० रहेको छ। समानुपातिकतर्फको मतपेटिकाको पोको खोलेर त्यसको गणना हुन थालेपछि आउने प्रारम्भिक संकेतले पनि वाम गठबन्धनले दुई तिहाई ल्याउने नल्याउने स्पष्ट गर्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell