PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

२३ वर्षपछि चुनाव उठेका दमननाथ झण्डै दोब्बर मतले पराजित, भक्तपुर २ मा महेश बस्नेत विजयी



२३ वर्षपछि चुनाव उठेका दमननाथ झण्डै दोब्बर मतले पराजित, भक्तपुर २ मा महेश बस्नेत विजयी

काठमाडौँ : नेपाली कांग्रेसका अर्का हेभिवेट उम्मेदवारलाई भक्तपुर २ मा एमालेले पराजित गरेको छ। २३ वर्षपछि राजनीतिमा फर्किएका पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले केपी ओलीका विश्वासपात्रसमेत रहेका पूर्व उद्योग मन्त्री महेश बस्नेतले पराजित गरेका हुन्। 

बस्नेतले ३६ हजार ४१२ मत पाएका थिए भने ढुंगाना १८ हजार ६८७ मतमा सीमित भए। नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले भने ५ हजार ४७१ मत मात्रै पाइन्। 

विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि ढुंगाना कांग्रेसको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवाको रूपमा नेतृत्व गर्दै आएका थिए। 

२३ वर्षकै उमेरमा भक्तपुरको गुन्डु गाविस अध्यक्ष भएका बस्नेत अघिल्लो संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाटै पराजित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell