PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ, पूरा गर्‍यो शतक



वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ, पूरा गर्‍यो शतक

काठमाडौँः वाम गठबन्धनले प्रतिनिधिसभाका प्रत्यक्ष तर्फ एकसय स्थानमा जित हासिल गरेको छ। जारी मतगणनाको १३३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ। हाल अग्रता कायम रहेका क्षेत्रमा विजयी हासिल भएमा गठबन्धनले सहज दुई तिहाई पाउनेछ।

१६५ निर्वाचन क्षेत्रमध्ये स्याङ्जाको मतगणना गएराति बाट सुरु भएको छ। अन्य ३० क्षेत्रको मतगणना करिव अन्तिम चरणमा छ। सम्भवतः सोमबार साँझसम्म प्रत्यक्षको सवै नतिजा सार्वजनिक भइसक्नेछ।

गठबन्धनले अहिले एक सय क्षेत्रमा जित हासिल गर्द कांग्रेसले १८ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवदी फोरम र राजपाले ७÷७ स्थानमा जित हासिल गरेका छन्। अन्यले ३ स्थानमा जित हासिल गरेका छन्। जसमा नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र रहेका छन्।


अहिले गठबन्धनले १८ स्थानमा अग्रता कायम राखेको छ। लोकतान्त्रिक गठबन्धन ३ र मधेशी गठबन्धन ९ स्थानमा अग्रता कायमै राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell