PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संसदमै भारतविरुद्ध नाराबाजी गर्ने प्रेम सुवाल भक्तपुर १ बाट निर्वाचित



संसदमै भारतविरुद्ध नाराबाजी गर्ने प्रेम सुवाल भक्तपुर १ बाट निर्वाचित
संसदमा नाराबाजी गर्दै गरेका प्रेम सुवालको फाइल फोटो

काठमाडौँ : २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका हरेक निर्वाचनमा विजयी भएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबैलाई छक्क पार्दै उम्मेदवारी नदिएको ठाउँ भक्तपुर १ मा पार्टीका उम्मेद्वार प्रेम सुवाल विजयी भएका छन्।

सुवाल १५ हजारभन्दा बढी मतको अन्तरले विजयी भएका हुन्। उनले ३३ हजार ७६ मत ल्याए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याए।

वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार मिलन सुवालले१५ हजार ३७४ मत पाए।

भक्तपुरमा २०१७ साल असार ५ गते जन्मेका सुवाल अघिल्लो संसदमा समानुपातिकतर्फ निर्वाचित भएका थिए। उनले संसदमै भारतविरुद्ध नाराबाजी गरेका थिए। 

२०३८ सालमा नेमकिपाको सदस्यता लिँदै राजनीति यात्रा शुरु गरेका प्रेम सुवालले विगतमा शिक्षण र कृषि पेशामा समेत गरेका थिए।

व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका सुवालले चीन अध्ययन भ्रमण कृति प्रकाशन गरेका छन्। उनले २० महिना भूमिगत तथा जनआन्दोलनका क्रममा ३ महिना बन्दी जीवन बिताएका थिए।

प्रदेश सभातर्फ भक्तपुर १ को कमा एमाले र खमा नेमकिपाका उम्मेदवार विजयी भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell