मलंगवा : सर्लाही क्षेत्र नं. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाइते भएका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ।
कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेशकुमार मिश्र बीच कडा प्रतिस्पर्धा भइरहेको सर्लाही क्षेत्र नं. ४ मा गएरातिदेखि नै मतगणना रोकिएको छ। एक मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै सिल गरिएको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना अवरुद्ध भएको हो।
वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेपछि उनले राजपा उम्मेदवारलाई सघाएका थिए।
यस्तो छ मतको ट्रेन्ड-
मतको ट्रेन्ड लगायत निर्वाचन सम्बन्धी अन्य विस्तृत जानकारी लागि हाम्रो चुनावी पोर्टलमा जानुस् http://chunab.pahilopost.com/#/parliament/1144