PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

चुनावको एक महिनाअघि कांग्रेस प्रवेश गरेका राठौरलाई हराउँदै एमालेका रावल कैलालीमा विजयी



चुनावको एक महिनाअघि कांग्रेस प्रवेश गरेका राठौरलाई हराउँदै एमालेका रावल कैलालीमा विजयी

काठमाडौँ : प्रतिनिधि सभाका १६५ सिट मध्ये १६४ औँ सिटको नतिजा मंगलबार राति आएको छ। कांग्रेस उम्मेदवार मोहन सिंह राठौरलाई पराजित गर्दै एमालेका झपटबहादुर रावल कैलाली २ बाट विजयी भएका छन्। 

रावलले २५ हजार १५७ मत पाए। राठौरले भने २३ हजार ३१३ मतमात्रै पाए। 

अघिल्लो संसदमा एमालेबाटै कैलालीबाट निर्वाचित राठौर चुनावको एक महिनाअघि कात्तिकमा मात्रै एमाले छाडी कांग्रेस प्रवेश गरेका थिए। 

कैलाली जिल्लाका इञ्चार्ज रावलले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। पहिलो प्रयासमा नै उनले सफलता पाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell