PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

समानुपातिकमा प्रतिनिधिसभातर्फ झण्डै साढे १० लाख भोट बदर, प्रदेशमा अझ बढी



समानुपातिकमा प्रतिनिधिसभातर्फ झण्डै साढे १० लाख भोट बदर, प्रदेशमा अझ बढी

काठमाडौँ : मतदाता शिक्षाका लागि करोडौँको रकम खर्च गरिए पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले समानुपातिकतर्फको प्रतिनिधि सभा र प्रदेश सभा दुवैको मतगणना आइतबार सकिएको बताए। 

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ झण्डै साढे १० लाख भोट बदर भएको छ। 

आयोगको वेबसाइटमा कूल ९५ लाख ४४ हजार ७४४ सदर मत गणना भएको तथ्याङ्क छ। दुवै चरणमा गरी निर्वाचन आयोगले कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको बताएको थियो। 


प्रतिनिधि सभामा सदर र बदर मत

यो हिसाबले कूल ९.८४ प्रतिशत मत बदर भएको छ। बदर मतको संख्या १० लाख ४२ हजार ७७७ छ। 

मतको हिसाबले चौथो नम्बरमा रहेको राजपाको मतभन्दा बदर मतको संख्या दोब्बरले बढी छ। 

त्यसैगरी प्रदेश सभामा अझ धेरै १५ लाख ६८ हजार १९१ मत बदर भएको छ। प्रतिशतको हिसाबले बदर मतको संख्या १४.८१ प्रतिशत छ। सात वटै प्रदेशका प्रदेश सभाका लागि ९० लाख १९ हजार ३३० मत मात्र सदर भई गणना गरिएको छ। 
 


प्रदेश सभामा सदर र बदर मत
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell