PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकपको बाजीले घरको न घाटको



विश्वकपको बाजीले घरको न घाटको

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

सुदर्शन सापकोटा/पहिलोपोस्ट
काठमाडौं  : विश्वकपको ज्वरो उत्रिसक्यो, तर यसको नाफा/घाटाको लेखाजोखा अझै सकिएको छैन। ब्राजिलमा भएको विश्वकप फुटबलको असरले त्यहाँभन्दा १५ हजार किलोमिटर (हवाइ दुरी) टाढा रहेको नेपालका कति जना घर न घाटका भएका छन् भने कतिपय मालामाल।

महिना दिन चलेको विश्वकपमा समूह चरणदेखि फाइनलसम्म ६४ वटा खेल भयो, ती सबै खेलमा नेपालीहरुले अर्ब रुपैयाँभन्दा बढीको बाजी लगाए।

काठमाडौं उपत्यकामा मात्रै संगठित रुपमा बाजी लगाउनेको समूह दुई दर्जनको हाराहारीमा सक्रिय थिए। तीनै मध्ये एक समूहका नाइकेका अनुसार, विश्वकपभर सबै म्याचमा करिब २५ करोड रुपैयाँको हाराहारीमा बाजी लगाइएको थियो। बाँकी समूहमा यो रकम कम/बेसी हुन सक्छ। उनले दिएको तथ्यांकलाई आधार मान्ने हो भने राजधानीमा मात्र छ अर्ब रुपैयाँ बराबरको बाजी लगाइएको छ।

५० लाख गुम्यो
उनका अनुसार, ब्राजिल र जर्मनी बीच भएको सेमिफाइनलमा धेरै जना गुमाउनेमा परेका थिए। बानेश्वरका एक रेस्टुरेन्ट व्यवसायीले ब्राजिलले ३–१ ले जित्ने अनुमानका आधारमा बाजी लगाएका थिए। उनले यो खेलमा ५० लाख रुपैयाँ हाराहारी गुमाएको बाजी खेलाउने समूहका एक सदस्यले बताए।

यो म्याचमा ती रेस्टुरेन्ट व्यवसायीले बराबरी मात्रै भएको भए पनि १० लाख रुपैयाँ मात्र गुमाउने थिए, तर ब्राजिलले सात गोलको अन्तरले हारेका कारण उनले ५० लाख रुपैयाँ गुमाउनु परेको थियो। बाजी लगाउनेमा अधिकांश स्थानीय व्यवसायी र म्यानपावर कम्पनीका सञ्चालकहरु थिए।

बाजी कतिसम्म?
यो समूहमा १० हजार रुपैयाँभन्दा कममा बाजी लगाउन नपाइने नियम भए पनि अधिकांश ५० हजारभन्दा बढी रकमको बाजी लगाउनेहरु थिए। उनका अनुसार नेदरल्यान्ड र मेक्सिकोबीच भएको खेलमा सबैभन्दा बढी रकमको बाजी लगाइएको थियो।

यसमा केही व्यक्तिहरु मिलेर ६५ लाख रुपैयाँसम्मको बाजी लगाएका थिए। समूह चरण म्याचपछि छानिएका टिमहरुमा बढी बाजी लगाइएको थियो।

ब्राजिल र चिली बीच भएको खेलमा कमाउने ६० प्रतिशत जति थिए भने गुमाउने ४० प्रतिशतको हाराहारीमा रहेको ती सदस्यले बताए।

अल्जेरिया र जर्मनीबीचको खेलमा अधिकांश जर्मनीको पक्षबाट बाजी लगाउने थिए। सबैभन्दा धेरै जनाले* बाजी भने अर्जेन्टिना र जर्मनीबीच भएको फाइनल खेलमा लागेको थियो।

धितो र उधारोमा पनि बाजी
बाजी लगाउनेहरुले रकमले नपुग्दा सुन र जग्गालाई पनि सुरक्षणका रुपमा राखेका थिए। जग्गाभन्दा पनि सुन धितो राख्नेहरु धेरै थिए। कतिपयले गाडी धितो राखेका थिए भने, हारेका खन्डमा छ महिनाभित्र पैसा फिर्ता गर्ने सर्त राखेर पनि बाजी लगाएका थिए।

उधारोमा खेल्ने सुविधा सुरुदेखि नै समूहमा आवद्ध भएकाले मात्रै पाउने गरेका थिए।

प्रहरीलाई थाहा नदिई गोप्य रुपमा लगाउनु पर्ने भएकाले बाजीको प्रतिस्पर्धा 'क्लोज ग्रुप' मा हुने गर्छ। त्यसैले प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन। भेटेरै वा भाइबर र ह्वाट्सएपबाट बाजीको रकम टुङ्गो गर्ने गरेको ती सदस्यले जानकारी दिए।

जित्नेलाई 'कर'
बाजी लगाउनु आफैमा गैरकानुनी हो, त्यसैले यसमा कर लगाइन्छ भन्ने कुरा सुन्दै अचम्म लाग्छ। तर बाजी खेलाउनेहरुले जितेकाहरुबाट 'कर' भन्दै रकम पनि निश्चित गरेका थिए।

ती सदस्यका अनुसार, एक लाख रुपैयाँ बाजी जित्नेले २५ सय रुपैयाँ 'कर' वापत तिर्नु पर्थियो। यो रकम जति बढ्यो 'कर'को रकम पनि बढ्दै जान्थ्यो।

एक लाख जित्नेलाई २५ सय रुपैयाँ र दुई लाख जित्नेलाई छ हजार रुपैयाँ 'कर' लाग्थ्यो। यो रकम बाजी खेलाउनेले जोखिम उठाए वापत दिएको अतिरिक्त 'इन्सेन्टिभ' भएको ती सदस्यले जानकारी दिए।

धितो र उधारोमा बाजी लगाउनेहरुले अझ बढी कर तिर्नु पर्ने नियम बसालिएको थियो। 

[*फाइनल खेलमा धेरै जनाले बाजी लगाएको हुनुपर्नेमा धेरै रकमको बाजी हुन गएकोमा सच्याइएको छ- सं.]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell