PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सरकार गठन नहुँदै भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो



सरकार गठन नहुँदै भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो
पहिलो पटक प्रधानमन्त्री भएपछि केपी ओली भारत भ्रमणमा जाँदाको फाइल फोटो

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई सरकार गठन लगत्तै भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन्। 

दुई नेताबीच बिहीबार अपराह्न टेलिफोन संवाद भएको थियो। एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा मोदीले आफू ओलीलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताएको उल्लेख छ।

निर्वाचनमा वाम गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास मोदीले लिएको विज्ञप्तिमा उल्लेख छ। 

जवाफमा ओलीले पनि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेको र सरकार गठन लगत्तै औपचारिक निमन्त्रणा पत्र पठाइने बताएको विज्ञप्तिमा उल्लेख छ।

भारतीय प्रधानमन्त्री मोदीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई फोन गरेको जानकारी भारतीय विदेश मन्त्रालयद्वारा आज साँझ गरिएको नियमित पत्रकार सम्मेलनमा दिइएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell