PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कसले जित्ला इपीएलको उपाधि? दुवै कप्तान भन्छन् : विगतको नतिजाले असर गर्दैन

कसले जित्ला इपीएलको उपाधि? दुवै कप्तान भन्छन् : विगतको नतिजाले असर गर्दैन

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : एरभेष्ट प्रिमियर लिग (इपीए) क्रिकेटको फाइनल भोली हुँदैछ। उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स भिड्दैछन्।

फाइनलअघि शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले विगतका गेम भन्दा फाइनल फरक हुने र विगतको नतिजाले असर नगर्ने प्रष्ट पारे। उपाधि विजेताले इपीएलकव ट्रपीसँगै नगद २१ लाख पुरस्कार पाउनेछन्।

विराटनगरले अपराजित रहदै फाइनल पुग्ने क्रममा भैरहवालाई दुई पटक हराएको थियो, लिग चरणमा र पहिलो क्वालिफायरमा। प्रतियोगितामा भैरहवाले पनि हारेको खेल पनि त्यही दुई वटा नै थियो।

'फाइनलमा राम्रो गर्नेमा ढुक्क छौँ। पुरानो जितले कुनै असर गर्दैन। भोली पूरै नयाँ दिन हुनेछ।' विराटनगरका कप्तान पारसले भने।

'यसअघिका दुई हार पास्ट भइसक्यो भोली नयाँ गेम हुने। होपफुल्ली हामी राम्रो गर्नेछौँ।' भैरहवाका कप्तान शरद भेषावकरले भने।

दुवै कप्तानले भोलीका गेमको लागि पूर्ण रुपमा तयार भएको बताए। 'दुवै टिम फाइनलका लागि तयार छन्। हामी हाम्रो मोमेन्टमलाई कायम राख्दै फाइनल खेल्न जानेछौँ।' पारसले भने। 'एलिमिनेटर जहिल्यै गाह्रो हुन्छ। हामीले त्यो पार गरेर फाइनलमा स्थान बनाएका छौँ। भोलीको गेम फरक छ। जस्ट गो एण्ड इन्जोए। यती मेहनत गरेको नै फाइनलका लागि नै हो।'

यस्तै भैरहवाका कप्तान शरदले आफ्नो स्ट्रेन्थ अनुसार खेल्ने बताए। 'हामी विपक्षीको बलियो र कमजोरी हेरेर भन्दा पनि आफ्नो गेम खेल्न चाहन्छौँ।'

 

के छ फाइनलको रणनीति?

विराटनगरका कप्तान पारसले टुर्नामेन्ट भरी राम्रो खेलेको र भोली पनि त्यही लय कायम राख्ने बताए। 'एज अ टिम जित्न कै लागि खेल्ने हो र हामी जित्न चाहन्छौँ', पारसले भने। 'कुनै दिन कसैले राम्रो खेल्छ। राम्रो क्रिकेट खेल्नुपर्छ अवश्य दिन आउँछ। यदि तपाईँको दिन छ भने तपाईँले अवश्य जित्नुहुन्छ।' पारसले भने। 'आशा गर्‍यौँ भोली प्रतिस्पर्धात्मक गेम हुनेछ।' भैरहवाका कप्तान शरदले पनि क्लोज गेम हुन सक्ने बताए।

'हाम्रो टप अर्डरले (बाबर र अंशुमन) ले राम्रो खेलिरहेको छ। चाहिएको बेला बलिङ पनि राम्रो गरिरहेका छौँ। हामीले अवसर पनि पाइरहेका छौँ।' पारसले भने। 'तर पनि स्टिल नट इजी गेम। कुनै दिन, कुनै एक खेलाडी, एक ओभरले खेल चेन्ज गर्न सक्छ।'

यदी टप अर्डर नचले विराटनगरलाई मिडल अर्डरले सम्हाल्न सक्छ भन्ने प्रश्नमा पारसले भने, 'टप अर्डर नचले पनि हाम्रो मिडर अर्डरले गेम ह्यान्डल गर्न सक्छ। यो भन्दा उपयुक्त अवसर उनीहरुलाई कुन हुन सक्छ?'

यता दुई पटक विराटनगरसँग पराजित भइसकेकोले फाइनलमा के योजना छ भन्ने प्रश्नमा शरदले सिधा जवाफ दिए। 'उनीहरुको टप अर्डरले राम्रो खेलिरहेका छन्। उनीहरुलाई आउट गर्ने।' उनले आप्नो टिमको ओपनिङ नचलेपनि मिडल अर्डरले राम्रो खेलिरहेको बताए। 'हामी २/३ जना भन्दा पनि पूरै ११ जनाको इफोर्ट लगाएर खेल्छौँ। त्यसैले ओपनिङ नचले पनि समस्या हुँदैछ।'

शरदले भोली टिम पनि सेम हुन सक्ने भन्दै भोली पिच हेरेर नै निर्णय गर्ने प्रतिक्रिया दिए।

यस्तै विराटनगरका प्रशिक्षक महेश रिजालले फाइनलमा राम्रो क्रिकेट खेल्ने कोससि गर्ने र उपाधि जित्नेमा आशावादी रहेको बताए। उनले भैरहवाको टिम पनि राम्रो रहेको बताए। 'उनीहरुले आफ्नो तर्फबाट राम्रो गरिरहेका छन्। हामी हाम्रो तर्फबाट राम्रो क्रिकेट खेल्नेछौँ।'


विराटनगरको फाइनल यात्रा

ललितपुर प्याट्रिओट्स विरुद्ध ६ रनले विजयी

पोखरा राइनोज विरुद्ध ३ विकेटले विजयी

चितवन टाइगर्स विरुद्ध ७१ रनले विजयी

भैरहवा ग्लाडिएटर्स विरुद्ध ३५ रनले विजयी

काठमाडौं किंग्स-११ विरुद्ध ८ रनले विजयी

 

क्वालिफायर

भैरहवा विरुद्ध ८ विकेटले विजयी

 

भैरहवाको फाइनल यात्रा

काठमाडौं विरुद्ध ७ विकेटले वियजी

ललितपुर विरुद्ध ४ विकेटले विजयी

विराटनगरसँग ३५ रनले पराजित

पोखरा विरुद्ध ७ विकेटले विजयी

चितवन विरौध ४ विकेटले विजयी

 

पहिलो क्वालिफायर

विराटनगरसँग ८ विकेटले पराजित

दोस्रो क्वालिफायर

ललितपुर विरुद्ध ३ विकेटले विजयी



ट्रेन्डिङ पोस्ट

Ncell