PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​विजयकुमार पाण्डेका 'बुबा'



​विजयकुमार पाण्डेका 'बुबा'

काठमाडौं: आमाका विषयमा धेरै कथा, कविता लेखिएका छन्। फिल्म बनेका छन्। आमा ममताको खानी हुन् भनेर व्याख्या भएका छन्। सामाजिक सञ्जालमा पनि मानिसहरु आमालाई सम्झिएर भावुक हुन्छन्।

आमाबारे धेरै चर्चा भएपछि अमेरिकामा रहेका विजयकुमार पाण्डेलाई भने बुबाका विषयमा कम चर्चा भएको महसुस भएछ। 'साह्रै चुकचुक लाग्यो', उनले भने। सामाजिक सञ्जाल ट्वीटरमा आमा बारे धेरै ट्वीट माथि देखेपछि अमेरिकामा रहेका पाण्डे (@meVeekay) ले बुबालाई सम्झिएर ट्वीट गरे। बुबाले आमा सँगै गरेका काम र माया सम्झिएर गरिएका पाण्डेका ट्वीट पनि सामाजिक सञ्जालमा धेरै रिट्वीट भए। तर यी विजयकुमार पत्रकार 'वियजकुमार पाण्डे' भने होइनन्।

'सानोमा आमा सरकारी जागिरको सिलसिलामा टाढा हुनुहुन्थ्यो बुबाले पनि कम्ती दु:ख गरेर हुर्काउनु भएन', पाण्डेले सम्झिए। 'आमाले माया गर्नुहुन्न भन्ने होइन, बुबाले गरेको माया पनि ट्वीटरमा भएकाहरुलाई देखाइदिऊ भनेर हो', पाण्डेले भने, 'मेरा आमा बुबा अहिले अर्घाखाँचीमा हुनुहुन्छ।'

  पाण्डेले आफूले बुवाबारे ट्वीट गर्नुको कारण भने ट्वीटरमा आमाबारे डक्टर भिक्टर फस्ट(@VctrFt) ह्याण्डलबाट आमाबारे भएका ट्वीट भएको सुनाए। फस्टले सोही ह्याण्डलबाट आमाले हुर्काउन गरेको दु:ख सम्झिएका छन्। 







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell