PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलमा एक र डिजेल मट्टितेलमा दुई रुपैयाँ



फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलमा एक र डिजेल मट्टितेलमा दुई रुपैयाँ

काठमाडौँ : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

पेट्रोलमा निगमले प्रति लिटर एक रुपैयाँ भाउ बढाएको छ। अब पेट्रोल प्रति लिटर १ सय ४ रुपैयाँ पर्नेछ। भाउ बढाएपछि निगमलाई एक लिटर पेट्रोलमा २ रुपैयाँ नाफा हुने निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। 

त्यसैगरी डिजेल र मट्टितेलमा पनि प्रति लिटर दुई रुपैयाँ भाउ बढेको छ। अब प्रति लिटर ८३ रुपैयाँमा मट्टितेल र डिजेल बिक्री हुनेछ। डिजेलमा निगमलाई ३ रुपैयाँ ३७ पैसा प्रति लिटर घाटा छ। 

हवाई इन्धनतर्फ पनि प्रति लिटर पाँच रुपैयाँ भाउ बढाइएको छ। 

प्रवक्ता गोइतका अनुसार भारतमा भन्दा नेपालमा पेट्रोल प्रति लिटर २१ रुपैयाँ ५२ पैसा र डिजेलमा २७ रुपैयाँ ३४ पैसा सस्तो छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell