PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रदेश नं ५ को राष्ट्रिय सभा मतदान राजपा र फोरमका दुई मतदाता अनुपस्थित



प्रदेश नं ५ को राष्ट्रिय सभा मतदान राजपा र फोरमका दुई मतदाता अनुपस्थित

रुपन्देही : राष्ट्रिय सभाको लागि प्रदेश नं ५ मा  भएको मतदानमा दुई मतदाता अनुपस्थित भए। 

मुख्य निर्वाचन कार्यालय दाङका अनुसार अनुपस्थित हुनेमा राजपाबाट प्रदेश सभामा समानुपातिक सदस्य जितेकी बीना पन्त र संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिकामा अध्यक्ष जितेका इश्तियाक अहमद शाह रहेका छन्। 

दुई मतदाता अनुपस्थित भए पनि प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीको अलग अलग मतभारको व्यवस्थाका कारण राजपाको ४८ मत र फोरमको १८ मत खेर गएको छ।  

राजपा र फोरम दुवैको यो प्रदेशमा राष्ट्रिय सभाका लागि उम्मेदवार छैनन्। 

यहाँ कूल ३ सय ३ भोट खसेको छ। 

आठ जना सदस्यका लागि हुने निर्वाचनमा तीन महिला भने निर्विरोध निवाचित भइसकेका छन्। नेपाली कांग्रेसबाट अनिता देवकोटा, नेकपा एमालेका तर्फबाट कोमल वली र रोल्पाकी मीना बुढा महिला कोटामा निर्विरोध भएका हुन्।

बाँकी पाँच सदस्यका लागि आज मतदान भएको हो।  यसका लागि नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा माओवादी केन्द्रका तर्फबाट दुई र राष्ट्रिय जनमोर्चाबाट एकजनाले मनोनयन दर्ता गराएका थिए। पाँच सदस्यमध्ये खुलातर्फ तीन जनाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा हुनेछ भने दलित एक र अपाङ्गता वा अल्पसंख्यक मध्येबाट एक जना सदस्यको निर्वाचन बहुमतका आधारमा हुनेछ।  

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले साँझ ५ बजेपछि मतगणना हुने जानकारी दिए। 

यी हुन् उम्मेदवार

(अन्य)    दुर्गा प्रसाद उपाध्याय    नेपाली काँग्रेस
(दलित)    मैकु लाल वाल्मीकी    नेपाली काँग्रेस
(अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक)    लुटबहादुर खत्री    नेपाली काँग्रेस
(अन्य)    खिम लाल भट्टराई     नेपाल कम्युनिष्ट पार्टी (एमाले)
(दलित)    राम लखन चमार        नेपाल कम्युनिष्ट पार्टी (एमाले)
(अन्य)    चन्द्र बहादुर खड्का    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
(अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक)    राज कुमार कुवर    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
(अन्य)    रश्मीराज नेपाली    राष्ट्रिय जनमोर्चा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell