PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गभर्नर नेपालले पोखे असन्तुष्टी, दिल खोलेर सहयोग भएन, मुठी खोल्नुस्



गभर्नर नेपालले पोखे असन्तुष्टी, दिल खोलेर सहयोग भएन, मुठी खोल्नुस्

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले प्रधानमन्त्री राहत कोषमा ‘दिल खोलेर’ सहयोग नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन्।
 
वैशाख १२ मा गएको भुकम्प र त्यसपछिका परकम्पनका कारण ठूलो जनधनको क्षति भएको छ। सरकारले सर्वसाधारणसँग प्रधानमन्त्री कोषमा रकम जम्मा गरेर सहयोग गरिदिन आग्रह गरेको थियो। कोषको रकम पीडितको पुनर्स्थापना र राहतमा प्रयोग हुन्छ।
 
बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्षहरुसँग गभर्नर नेपालले सहयोग नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
 
‘देशलाई नै अहिले अप्ठेरो परेको छ, यस्तो वेलामा वित्तीय क्षेत्रले सहयोग गर्नु पर्छ,’ गभर्नर नेपालले वित्तीय क्षेत्रका अध्यक्षहरुसँग भने, ‘वित्तीय क्षेत्रको सहयोग एकदमै न्युन भयो। दिल खोलेर सहयोग गर्दिनुस्। मुठी खोल्नुस्।’
 
गभर्नरले बंगलादेशको उदाहरण प्रस्तुत गर्दै दुःखको बेलामा वित्तीय क्षेत्र अगाडि हुनु पर्नेमा नेपालमा भने वित्तीय क्षेत्रले सहयोग नगरेको गुनासो गरे। कार्यक्रम अवधिभर गभर्नर नेपालले मात्रै बोलिरहे। उपस्थित अध्यक्षहरु आफ्ना कुरा राखेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell