PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

दरबारमार्ग बलात्कार प्रकरण : घटना ढाकछोप गर्न प्रहरीकै प्रत्यक्ष संलग्नता भएको छानबिन समितिको ठहर



दरबारमार्ग बलात्कार प्रकरण : घटना ढाकछोप गर्न प्रहरीकै प्रत्यक्ष संलग्नता भएको छानबिन समितिको ठहर

काठमाडौँ : दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा एक युवतीको सामूहिक बलात्कार भएको घटना ढाकछोप गर्नमा प्रहरीकै प्रत्यक्ष संलग्नता भएको निश्कर्ष निकालेको छ।

घटनापछि बनेको छानबिन समितिले यस्तो ठहर गरेको हो।
 
घटनाको वास्तविकता पत्ता लगाउन  महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको समितिले बिहीबार यस्तो निश्कर्षसहितको छानबिन प्रतिवेदन प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई बुझाएको छ। 

आर्थिक प्रलोभनमा परी घटना बाहिर नल्याउने गरी पीडित पक्ष र आरोपित पक्षसँग मिलापत्र गराउनेमा डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीको संलग्नता रहेको समितिको प्रतिवेदनमा उल्लेख छ।

भारतीलाई कार्यालय प्रमुखबाट हटाउने र ठकुरी र भण्डारीलाई निलम्बन गरी तीनैजनालाई कडाभन्दा कडा कारबाहीको सिफारिश प्रतिवेदनले गरेको छ। 
 
बलात्कार घटनामा आरोपी विकास गौतम, शेलेश कार्की, दीपक श्रेष्ठ र रवि पौडेल फरार रहेको र उनीहरुलाई भगाउनमा समेत प्रहरीकै हात रहेको समितिको ठहर छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell