PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माउन्टेनको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना, चार शव भेटियो



माउन्टेनको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना, चार शव भेटियो
फाइल फोटो

काठमाडौँ :  माउन्टेन हेलिकप्टर्सको हेलिकप्टर 9N-AJP सिन्धुपाल्चोकको बलेफीको यमुना डाँडामा दुर्घटना भएको छ। हेलिकप्टरमा सुबेक श्रेष्ठ चालक थिए।

दुर्घटना भएको हेलिकप्टर र चालक सुबेक श्रेष्ठ। फाइल फोटो

यमुनाडाँडा वडा नम्बर ८ मा हेलिकप्टर दुर्घटना भएको र त्यहाँबाट एक महिला, तीन पुरुषको शव भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताए। हेलिकप्टर तारमा ठोक्किएर खसेको प्रारम्भिक जानकारी आएको उनले पहिलोपोस्टलाई बताए।  


सम्बन्धित समाचार

माउन्टेनका वसन्तकुमार भण्डारीले सिन्धुपाल्चोकमा आफ्नो कम्पनीको हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै विस्तृत विवरण बुझ्दै गरेको बताए।

माउन्टेनका क्याप्टेन नोर्बु शेर्पाका अनुसार भूकम्पपीडितको राहतका लागि काठमाडौँबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टर सिन्धुपाल्चोककै लागि उडेको थियो। 
 
यसअघि अमेरिकी सेनाको हुइ हेलिकप्टर सिन्धुपाल्चोककै घोर्थलीस्थित कालिञ्चोक डाँडामा उद्दार र राहतका क्रममा दुर्घटना हुँदा दुई नेपाली र ६ अमेरिकीसहित आठ जनाको मृत्यु भएको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell