PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कांग्रेस, माओवादी र राजपाले बुझाएको समानुपातिक सूची आयोगले स्वीकारेन, सच्याउन दुई दिनको समय



कांग्रेस, माओवादी र राजपाले बुझाएको समानुपातिक सूची आयोगले स्वीकारेन, सच्याउन दुई दिनको समय

काठमाडौँ : निर्वाचन आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि बुझाएको स्वीकृत नगरी सच्याउन दुई दिनको समय दिएको छ। 

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले आयोगले यी तीन दलको नामावली अस्वीकार गरेको हो। 

के छ ऐनको व्यवस्था?


ऐनले समावेशी आधार बनाउँदा सबैभन्दा बढी खस आर्यलाई ३१.२ प्रतिशत, त्यसपछि आदिवासी जनजातिलाई २८.७ प्रतिशत र मधेसीलाई १५.३ प्रतिशत दिनुपर्ने उल्लेख छ। यसैगरी दलितलाई १३.८ प्रतिशत, थारुलाई ६.६ प्रतिशत र मुस्लिमलाई ४.४ प्रतिशतको व्यवस्था ऐनले गरेको छ।  

फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय आयोगले गरेको छ । 

एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूची भने आयोगले स्वीकृत गरेको छ। 

‘निर्वाचन आयोगसँग छलफल गर्छौ,’ आयोगको निर्णयबारे राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पहिलोपोस्टसँग भने,‘सायद खस/आर्य कलस्टरमा निर्वाचन आयोगको चित्त नबुझेको हुन सक्छ। हामी तत्कालै छलफल गरेर सच्याउने प्रयास गर्छौँ।’

उता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'कहाँनेर त्रुटि भएको हो पत्र प्राप्त भएपछि सक्दो चाँडो सच्याएर पठाउनेछाै‌ं।' 

कांग्रेसले यस्तो सूची बुझाएको थियो-

कांग्रेसले ४० समानुपातिक सिट बुझाएकोमा २० पुरुष र २० महिला पठाउन आयोगले पत्राचार गरेको थियो। 

खस/आर्य (पुरुष)
१ बालकृष्ण खाँड
२ दिलेन्द्र बडु 
३ किशोरसिंह राठौर
४ सत्यनारायण खनाल
५ सूर्यबहादुर केसी
६ मोहन पाण्डे

आदिवासी जनजाति  (पुरुष)

७ बहादुरसिंह लामा
८ कर्मा घले
९ उमेश श्रेष्ठ
१० लालकाजी गुरुङ
११ जिपछिरिङ लामा
१२ दिव्यमणि राजभण्डारी

दलित पुरुष
१३ मानबहादुर विश्वकर्मा
१४ मीन विश्वकर्मा
१५ प्रकाश रसाइली

मधेसी पुरुष
१६ विनोद चौधरी
१७ स्मृतिनारायण चौधरी
१८ नागेन्द्रकुमार राय

महिला (खस/आर्य)
१९ सुजाता कोइराला
२० पुष्पा भुसाल
२१ डिला संग्रौला
२२ मीना पाण्डे
२३ उमा रेग्मी
२४ दीपशिखा शर्मा

महिला (जनजाति)
२५ ज्ञानकुमारी छन्त्याल
२६ प्रमिला राई
२७ महेन्द्रकुमारी लिम्बू
२८ हीरा गुरुङ
२९ मीना सुब्बा

महिला (दलित)
३० सुजाता परियार
३१ लक्ष्मी परियार
३२ विमला नेपाली

महिला (मधेसी)
३३ सीतादेवी यादव
३४ चित्रलेखा यादव
३५ मीनाक्षी झा

थारू
३६ पद्मनारायण चौधरी पुरुष
३७ पर्वता डिसी चौधरी महिला
३८ नमिता कुमारी चौधरी महिला

मुस्लिम
३९ अहतर कमाल मुसलमान पुरुष
४० सर्वत आरा खानम महिला

माओवादी केन्द्रले बुझाएको सूची यस्तो थियो-

माओवादीले १७ समानुपातिक सिट पाएकोमा १६ महिला पठाउन अनिवार्य थियो। 

आदिवासी जनजाति महिला
जयपुरी घर्ती
शशी श्रेष्ठ
ओनसरी घर्ती
यशोदा सुवेदी गुरुङ
अमृता थापा

खस आर्य महिला
पूर्णकुमारी सुवेदी
रेखा शर्मा
धर्मशीला चापागाइँ
सीता पोखरेल
सत्या पहाडी

मधेसी महिला
इन्दु शर्मा
वोधमाया यादव

दलित महिला
अन्जना विशुंखे
दुर्गा विक

थारु महिला
रामकुमारी चौधरी

मुस्लिम महिला
शेखतारा  चाँद

पुरुष 
हितराज पाण्डे

अन्तिम समयमा संशोधन गरिएको थियो राजपाको सूची 

समानुपातिकतर्फको प्रतिनिधि सभा सदस्यको टुंगो लगाइसकेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले अन्तिम समयमा सूची संशोधन गरेर निर्वाचन आयोगलाई बुझाएको थियो।

राजपा अध्यक्ष मण्डलको बैठकले मुस्लिम महिलामा चुन्नी खातुनको नाममा सहमति गरेको थियो। तर अन्तिम समयमा केही नेताहरुको असन्तुष्टिका कारण खातुनको नाम हटाई खसआर्यबाट रेणु शर्माको नाम थप गरिएको अध्यक्ष मण्डलका सदस्य अनिल झाले पहिलोपोस्टलाई बताए। 

यसअघि राजपा अध्यक्ष मण्डलको अज्ञातस्थलमा बसेको बैठकले रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, दुलारीदेवी खंग, चन्दा चौधरी र 
चुन्नी खातुनको नाममा सहमति गरेको थियो। राजपाले समानुपातिकमा ६ सिट पाएकोमा सबैजना महिला पठाउनुपर्ने संवैधानिक बाध्यता रहेको छ।
 

यी हुन् निर्वाचन आयोगद्वारा स्वीकृत सूची

एमाले

एमालेले ४१ समानुपातिक सिट पाएकोमा निर्वाचन आयोगले कम्तीमा ३७ महिलासहितको सूची पठाउन पत्राचार गरेको थियो। 

१.     मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२.    विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३.    मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४.    मोतीलाल दुगड (मधेसी/पुरुष)
५.    थममाया थापा (आदिवासी जनजाति/महिला)
६.    डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७.    सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८.    रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९.    बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०.    कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११.    नबिना लामा (आदिवासी जनजाति/महिला)
१२.    शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३.    कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४.    बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५.    राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६.    बिन्दा पाण्डे (खसआर्य/महिला)
१७.    गोमा देवकोटा (खसआर्य/महिला)
१८.    कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९.    निरुदेवी पाल (खसआर्य/महिला)
२०.    मनकुमारी जिसी (खसआर्य/महिला)
२१.    मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२.    विष्णु शर्मा (खसआर्य/महिला)
२३.    सरिता न्यौपाने (खसआर्य/महिला)
२४.    मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५.    तीर्था गौतम (खसआर्य/महिला)
२६.    शान्ता चौधरी (थारु/महिला)
२७.    लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८.    गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९.    निरादेवी जैरु (दलित/महिला)
३०.    बिमला विश्वकर्मा (दलित/महिला)
३१.    बिमला विक (दलित/महिला)
३२.    पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३.    सानु शिवा (दलित/महिला)
३४.    आशाकुमारी विक (दलित/महिला)
३५.    जुलीकुमारी महतो (मधेसी/महिला)
३६.    डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७.    सरलाकुमारी यादव (मधेसी/महिला)
३८.    रेखाकुमारी झा (मधेसी/महिला)
३९.    सरिताकुमारी गिरी (मधेसी/महिला)
४०.    कालिला खान (मुस्लिम/महिला)
४१.    समिना हुसेन  (मुस्लिम/महिला)

संघीय समाजवादी फोरम

संघीय समाजवादी फोरम नेपालले आइतबार अबेर रातिसम्म काठमाडौँमा बसेको बैठकले  विवादका बीच एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको थियो।

समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम पठाएको थियो। त्यस्तै, महिलातर्फ  मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्माको नाम पठाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell