PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

हिन्दीमा विवाद भएपछि प्रदेश २ का मुख्यमन्त्रीले लिए भोजपुरी भाषामा शपथ



हिन्दीमा विवाद भएपछि प्रदेश २ का मुख्यमन्त्रीले लिए भोजपुरी भाषामा शपथ

जनकपुधाम : प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदीले भोजपुरी भाषामा शपथ लिएका छन्।

यसअघि प्रदेश सभामा उनले हिन्दीमा सम्बोधन गर्दा विरोध भएको थियो। हिन्दी भाषामा प्रदेश सभाका सांसदहरुले बोलेको भन्दै जनकपुरमा पुत्लासमेत जलाइएको थियो।

पर्साबाट निर्वाचित राउतको क्षेत्रमा भोजपुरी भाषीको बाहुल्यता रहेको छ। तर उनी मुस्लिम समुदायबाट भएकोले उनको मातृभाषा उर्दु हो। 

विहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ ग्रहण गराएका हुन्।

प्रदेश मन्त्रीका रुपमा जितेन्द्र सोनलले भने हिन्दी भाषामा शपथ लिए भने अर्का मन्त्री विजय यादवले मैथिली भाषामा शपथ खाए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell