PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

देशको नाममा शपथ लिएनन् प्रधानमन्त्री केपी शर्मा ओलीले, लालबाबु र थममाया पनि मन्त्री



देशको नाममा शपथ लिएनन् प्रधानमन्त्री केपी शर्मा ओलीले, लालबाबु र थममाया पनि मन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा शपथ गराएका छन्। दोस्रो पटक प्रधानमन्त्रीको शपथ लिइरहँदा ओलीको अनुहार उज्यालो भने थिएन। उनको अनुहारमा तनाव प्रष्टै देखिन्थ्यो। 

शायद् तनावकै कारण उनले शपथ पनि बिगारे। राष्ट्रपतिले 'ईश्वर, देश र जनताको नाममा शपथ लिन्छु कि' भन्दा ओलीले ईश्वरमात्र हैन देशसमेत उच्चारण गरेनन् र जनतामात्र भने। 

कम्युनिस्ट प्रधानमन्त्रीहरुले हालसम्म ईश्वरको नाममा शपथ लिएका छैनन्। तर ओलीले शपथमा देशकै नाम छुटाइदिए।  

माओवादीको समर्थनमा प्रधानमन्त्री बने पनि माओवादीका तर्फबाट आज कुनै पनि मन्त्री बनेनन्। एमालेकातर्फबाट प्रदीप ज्ञवाली र ईश्वर पोखरेल मन्त्री हुने चर्चा रहे पनि लालबाबु पण्डित र थममाया थापालाई मात्रै शपथ गराइयो। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शपथ ग्रहणमा उपस्थित भने थिए। उनी ड्यासमा एमाले नेता माधवकुमार नेपालसँगै बसेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell